
भरतपुर । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) चितवन जिल्ला कमिटीको अध्यक्षमा सूर्यप्रकाश लामा चयन भएका छन् । कमिटीको सचिवमा सन्तोष आचार्य चयन भएका छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य रेनु दाहालको प्रमुख आतिथ्य र पिनका केन्द्रीय संयोजक नन्दलाल बन्जाडेको विशिष्ट आतिथ्यतामा भएको भेलाले पिनको चितवन कमिटी गठन गरेको हो । भेलाले १०१ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।
पिन नेपालभित्र वा प्रवासमा रहेर इन्जिनियरिङ पेसा व्यवसाय गरिरहेका प्रगतिशील समाजवाद लक्षित वैचारिक दृष्टिकोणलाई समर्थन गर्ने नेपाली इन्जिनियरिङ पेसाकर्मीहरुको पेसागत संगठन हो । यसको विधानले केन्द्रसँगै प्रदेश समिति, जिल्ला समिति, स्थानीय समिति र इकाइ समिति रहने व्यवस्था गरेको छ ।
साथै यस भेलाले १० सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ । सल्लाहकारहरुमा ई.बाबुराम ढकाल, हरि भण्डारी, माघव उप्रेती, राजेश कोइराला, रत्न लामिछाने, वीरेन्द्र चौघरी, विराट घिमिरे, खिमानन्द सुवेदी, मेघनाथ शर्मा र बलिभद्र न्यौपानेलाई चयन गरेको छ
आइतबार, फागुन ०९, २०७७ प्रकाशीत