जयश्री वनको नवनिर्वाचित पदाधिकारीहरुलाई पद हसतान्तरण गरियो

गैंडाकोट, १० फागुन । गैंडाकोट नगरपालिका वडा नं १, ३, ४, ५ र ८ का उपभोक्ताहरुको सहभागिता रहेको जयश्री सामुदायिक बन उपभोक्ता समुहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गत पुस २५ गते सम्पन्न छैठौं अधिवेशन पछि निर्वाचित २१ सदस्सिय कार्यसमितिका पदाधिकारीहरुलाई सोमबार एक समारोहकाबीच पद हस्तान्तरण गरिएको हो ।

जयश्री सामुदायिक बन उपभोक्ता समुहको कार्यालय परिसरमा भएको पद हस्तान्तरण कार्यक्रम निर्वाचन आयोगका संयोजक ओमप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो ।

पद वहाली भएका नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा टोलनाथ घिमिरे, उपाध्यक्षमा सूर्यप्रसाद पराजुली, सचिवमा गिता कुमारी दाहाल, कोषाध्यक्षमा मिनबहादुर अधिकारी, सह-सचिवमा वुद्घिसागर अधिकारी, सह कोषाध्यक्षमा पार्वती ढकाल रहनु भएको थियो । त्यसैगरि सदस्यहरुमा देवीप्रसाद न्यौपाने, निर्मलराज रिमाल, डिल्लीराज वनसन्यासी, भोजकुमारी पौडेल, काशीराम गौतम, सुवनप्रसाद ढकाल, लक्ष्मी कमली, श्रीकृष्ण रिमाल, एकदेव घिमिरे, ईश्वरी खत्री, अर्जुन पोख्रेल, रेनु श्रेष्ठ, सम्झना गौतम, धनमाया परियार र भवानी शंकर सापकोटा रहनु भएको थियो । त्यसैगरि लेखासमिति संयोजकमा विष्णु प्रसाद सापकोटा, लेखा समिति सदस्यहरुमा ओम बहादुर पुन र प्रजनबहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रममा वहाँहरुलाई पद बहालिको प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।

पदहस्तान्तरण कार्यक्रममा नवनिर्वाचित सदस्यहरुलाई जनता समाजवादी पार्टीका नगर अध्यक्ष टेक बहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा, नवलपुरका अध्यक्ष कुल प्रसाद पाण्डे (दिपक), वडा नं ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने, नेपाली काँग्रेसका नगर सदस्य ऋषिराम घिमिरे, नेकपाका नगर सचिव श्याम सुन्दर लामिछाने, सव डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सूर्य सिंह गुरुङ र पूर्व अध्यक्ष महेन्द्रभक्त अधिकारीले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टोलनाथ घिमिरेले पनि आफ्ना भनाईहरु राख्नुभएको थियो । कार्यक्रमको संचालन निर्वाचन आयोगका कानुनि परामर्शदाता कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको