प्राध्यापक श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर

वरिष्ठ वामपन्थी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठको स्वस्थ्य अवस्था गम्भीर भएको छ।

केही दिनअघि अचानक मुटुको चाल बन्द भएर बेहोस भएपछि उनलाई आकस्मिक रुपमा उपचारार्थ मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । डाक्टरहरुको अथक प्रयत्न पश्चात उनकोे मुटुको चाल त फर्किएको छ । तर हालसम्म पनि पूर्ण रुपमा होस भने खुल्न सकेको छैन । हाल प्राध्यापक श्रेष्ठको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

नेपाली वामपन्थी आन्दोलनका अग्रज तथा समग्र वामआन्दोलनमै मार्गदर्शक व्यक्तिको हैसियत राख्ने श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि नेपालका वामपन्थी राजनीतिज्ञहरु एवं सरकारले समेत हालसम्म सम्पर्क र चासो नराखेको बुझिएको छ ।

प्राध्यापक श्रेष्ठ मुख्यतः मृगौलाको समस्याले पीडित छन् । उनको डायलिसिस विधिबाट लामो समयदेखि उपचार हुँदै आएको छ ।

मङ्गलबार, फागुन ११, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको