
भरतपुर । भरतपुर महानगरको सहयोग र महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजनामा नगरस्तरीय समन्वयात्मक बैठक आइतबार भरतपुर महानगर कार्यालयमा बसेको छ । भरतपुर महानगर वडा नं–२९ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियानअन्तर्गत सरोकारवालाबीच समन्वयात्मक बैठक बसेको हो ।
महानगर क्षेत्र भनिए पनि भौगोलिक विकटता र चेतनाका कमीका कारण यस क्षेत्रमा बालविवाहका घटना नरोकिएको पाइएपछि हाल अभियान नै सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्न लागिएको महिला सशक्तीकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगीता भट्टराईले बताइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, भरतपुर–२९ का वडा अध्यक्ष मानबहादुर मगर र महानगरका निमित्त प्रशासकीय प्रमुख महेन्द्र पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोमबार, चैत ०२, २०७७ प्रकाशीत