नेपाल समूहको भेलाले ३ महिनाको योजना बनाउने

काठमाडौँ, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाडौँमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको योजना बनाउने भएको छ ।

ललितपुरको हेरिटेज होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।

मंगलबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिनेछ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलीको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि योजना बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए ।(पूरा समाचारको लागी क्लिक गर्नुहोस् ।)

बुधबार, चैत ०४, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको