बुलिगंटार र बौंदीकाली गाउँपालिकाका जनताले पाए आफनै गाउँघरमा निशुल्क स्वास्थ्य सेबा

बुलिगंटार ( नवलपरासी ) चैत्र १३ गते । स्वास्थ्य सेबाको पहुँचबाट बाहिर रहेको ,भरपर्दो ,सुरक्षित स्वास्थ्य सेबा लिन धेरै टाढा पुग्नु पर्ने जिल्लाको बुलिगंटार र बौंदीकाली गाउँपालिकाका जनताले आफनै गाउँघरमा निशुल्क स्वास्थ्य सेबा पाए पछि खुशी भएका छन् ।
शिबिरको उद्दघाटन गर्दै नेपाली काग्रेसका नेता संबिधानसभा सदस्य महेन्द्रध्वज जसिीले दुर्गम भेगमा चिकित्सक पुगेर निशुलक शिबिर संचालन गरेर सेबा दिनु सबै भन्दा ठुलो धर्म हो भननुभयो । पूर्बी नवलपरासीको बिकट पहाडी दुई गाउँपालिका बुलिगंटार र बौंदीकाली मा दुई दिन सम्म निशुल्क स्वास्थ्य शिबिर संचालन गरि करीब एक हजार स्थानीय बासीले सेबा पाए पछि उनीहरु निकै खुशी हुँदै स्वास्थ्य शिबिर संचालन गर्ने जिल्ला उद्योग बाणिज्य संघ गैंडकोट लाई धन्यबाद मात्रै होईन खुलेरै प्रशासा गरेका बुलिगंटार गाउँपालिकाका ९२ बर्षीय धनकला थापा मगरले बताउनुभयो ।
पूर्बी नवलपरासीको पहाडी गाउँपालिकाहरु मा न्यूनतम स्वास्थ्य सेबाको पहुँचबाट स्थानीय हरु प्रभाबित छन् ,सामान्य बिरामी हुँदा पनि घरमै बसेर सन्चो गराउने सुरमा सरहने गरेका यहाँका बासिन्दालाई पहिलो पटक निशुल्क शिििबर संचालन गर्न चितवन मेडिकल कलेजबाट १८ जना चिकित्सक र १२ कर्मचारी बोकेर जिल्ला उद्योग बाणिज्य संघ गैंडाकोट बुलिगंटार र बौेंदीकाली गाउँपालिका पुगेको जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष केन्द्रीय सदस्य अमृत भटट्चनले बताउनुभयो ।
भटट्चनको पहलमा पहाडी क्षेत्रमा पहिलो पटक निशुलक स्वास्थ्य शिबिर संचालन गरिएको स्थानीय समाजसेबी तिलबहादुर खण्डलुक मगरले बताउनुभयो । निशुल्क स्वास्थ्य शिबिरमा बिरामकिो सबै स्वास्थ्य परिक्षण, भिडियो एक्सरे ,एक्सरे ,चश्मा निशुल्क र औषधी समेत निशुल्क बितरण गरिएको चितवन मेडिकल कलेजका प्शासन प्रमुख पारश अधिकारीले बताउनुभयो । बिकट गाउँमा चितवन मेडिकल कलेजको चिकित्सक टोली पुगेर निशुल्क स्वास्थ्य परिक्षण ,निशुल्क औषधी बितरण गरेर स्वास्थय सेबा लिन आउने सबैको

परिक्षण गरिएको जिल्ला उद्योग बाणिज्य संघका कोषाध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो ।
स्वासथ्य शिबिरबाट त्यस भेगका एक हजार बढिले निशुल्क सेबा पाए पछि हर्षित भएका बौदकिाली गाउँपालिकाका अध्यक्ष दुगाृबहादुर रानामगरले बताउनुभयो ।
रोग लुकाएर बस्ने समस्याबाट पीडित बनेका पहाडी क्षेत्रका बासिन्दाले घरमै स्वास्थ्य सेबा त्यो पनि निशुलक पाए पछि दंग परेका बुलिगंटारका हरिराज गौतमले बताउनुभयो । यस्ता महान काम गर्ने नै समाजका सच्चा सामाजिक अगुवाहरु हुन पूर्ब सासंद महेन्द्रध्वज जीसीले भन्नुभयो पहाड त्यो पनि बिकट गाउामा न्यूनतम स्वास्थ्य सेबाबाट बंचित नागरिकलाई उनहिरुकै घरघरमा पुगेर निशुल्क शिबिर मार्फत स्वास्थ्य सेबा दिने काम ले त्यस क्षेत्रका जनतामा उत्साह छाएको छ ।
फोटो क्पापसन
निशुल्क स्वास्थ्य परिक्षणका लागि पुगेका बुलिगंटार र बौंदीकाली का स्थानीयहरु ।
शुक्रबार, चैत १३, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको