कावासोती । पूर्वी नवलपरासीमा होलीका दिन नियम उल्लङ्घन गरेर सवारी चलाउनेबाट ७४ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार मोटरसाइकल, हाइस, स्कुटर गरी मापसे गरेर सवारीसाधन चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी चलाउने, तीव्र गतिमा चलाउने ९८ वटा सवारीसाधनलाई कारबाही गर्दा ७४ हजार रूपैयाँ राजस्व संकलन भएको हो ।
प्रहरीले नियम उल्लङ्घन गर्ने २ सय ७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएकोमा १ सय ९ वटा सवारीसाधनलाई कारबाही गर्न अझै बाँकी रहेको जनाएको छ ।
बुधबार, चैत १८, २०७७ प्रकाशीत