कैलाली । छिमेकी भारतमा दैनिक ६८ हजार कोरोनाका संक्रमित फेला परिरहेका बेला सुदूरपश्चिममा पनि भारतबाट फर्किनेमा संक्रमण पुष्टि हुन थालेपछि स्थानीयबासिन्दामा कोरोनाको त्रास पनि बढ्दै गएको हो ।
चैत ९ गतदेखि हालसम्म यस प्रदेशभर ४९ जनामा संक्रमण पुष्टि भइसकेको छ । उनीहरु सबै भारतबाट फर्कीएका व्यक्ति भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कैलालीको गौरीफन्टा नाकाबाट हालसम्म ५ हजार भन्दा बढी भित्रिएका छन भने तिनिहरु मध्य १ हजार भन्दा बढीको एन्टिजेन बिधीबाट कोरोना परीक्षण गरीएको छ ।
परीक्षण गरीएका मध्य ४२ जनाको रीपोट पोजेटीभ आएको त्रिनगर सीमाका हेल्थ डेक्स ईन्चार्ज दीनेश ठकुल्लाले बताउनु भयो । सुदूरपश्चिम प्रदेश सरकार, स्वास्थ्य कार्यालय, स्थानीय पालिका, स्थानीय प्रशासनले संयुक्त रुपमै भारतमा फैलिएको दोस्रो चरणको कोरोना सुदूरपश्चिममा फैलिन नदीनको लागि सचेत रहेको बताएपनि नाकामा भएको लापरवाही हेर्दा त्यस्तो देखिँदैन् । प्रदेश सरकारले धनगढी उप–महानगरपालिकासंगको सहकार्यमा आइशोलेसन व्यवस्थापन गरीरहेको बताएको छ ।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य महाशाखाका सिनियर अहेव लक्ष्मीराज उपाध्यायले वडा नम्बर १५ को कनरी पार्क र जडिबुटी प्रसोधन केन्द्रमा पुनः आइशोलेसन सञ्चालन गर्ने तयारी गरीरहेको बताउनु भयो । भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहलाई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनु भयो ।
सीमा नाकामा सबैको एक–एक गरी स्वास्थ्य जाँच गर्न केही असहज भएका कारण सम्बन्धित स्थानीय तहले जाँच गर्ने गरी एन्टिजेन पठाइएको बताउदै उहाले सिमामा लक्षण देखीएका र महास्ट्रबाट आएकाहरुको मात्रै परीक्षण गर्ने गरेको जानकारी दिनुभयो । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रारम्भीक अवस्था हेर्दा संक्रमण झनै फैलिने सम्भावना देखिएकाले सचेत रहन आग्रह गरेको छ । अहिले भारतबाट आउनेहरुमा संक्रमण देखिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न र भारतबाट आएकाहरुलाई १० दीनसम्म अनिवार्य क्वारेन्टिमा बस्न सुझाव दिईएको छ ।
शनिबार, चैत २१, २०७७ प्रकाशीत