बर्दियामा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु, बाघ नियन्त्रणमा

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ ।

आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो।

बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि आक्रमण गरेको थियो। उनलाई बाघले आक्रमण गरी १५० देखि २०० मिटर टाढा लगेको थियो।

प्रहरीले साँझ सवा ६ बजे सूचना पाएपछि ईलाका प्रहरी कार्यालय बग्नाहाबाट टोली खटिएको थियो। प्रहरी निरीक्षक कविराज रोकायसहित ८ जनाको टोली घटनास्थलतर्फ गएको कार्यालयले जनाएको छ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार मान्छे मार्ने बाघलाई पनि नियन्त्रणमा लिइसकेको छ।

‘बाघलाई पनि नियन्त्रणमा लिइसकेको छ। निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाएर बाघ नियन्त्रणमा लिएको हो। अब केजमा हालेर लग्ने क्रममा छ,’ उनले सेतोपाटीसँग भने।

सोमबार, चैत २३, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको