काठमाडौं, २७ चैत । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा १८ फागुनमा आगलागी हुँदा ५८ घर जले । बिहान ९ बजे स्थानीय भोला पौडेलको घरमा विद्युत् ‘सर्ट’ भएर सल्किएको आगो क्षणभरमै बस्तीमा फैलियो ।
आगलागी नियन्त्रणका लागि जिल्लामा एउटा मात्रै दमकल थियो, सदरमुकाम फुङलिङ बजारमा । ‘फुङलिङबाट एक घन्टामा दमकल आइपुग्दा बस्तीभरि आगो फैलिनबाट रोक्न सक्ने अवस्था रहेन’ गाउँपालिकाका अध्यक्ष गणेश लिम्बूले भने, ‘सानो बजार आगो तीव्र गतिमा फैलिरहेको थियो, एउटा दमकलले कति नै रोक्न सक्थ्यो र !(पूरा समाचारको लागी क्लिक गर्नुहोस् ।)
शुक्रबार, चैत २७, २०७७ प्रकाशीत