बागमती नदीले खतराको तह पार गर्यो

काठमाडौँ, असोज ११ । बागमती नदीले खतराको तह पार गरेको छ। उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर ५ मिटरमा पुगेको छ। अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेले भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

उपत्यकाका अन्य खोला र नदीहरू भने सावधानीको तहमा पुगेको छ। उपत्यकाको नदी तटीय क्षेत्रमा डुबान हुन थालेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको