गैंडाकोट २४ भदौ । नेपाली कांग्रेसका संस्थापक तथा प्रथम प्रधानमनमन्त्री बीपी कोईरालाको १ सय ११ औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस नगरकार्य समिति गैडाकोटले वुधवार गैंडाकोटको अपाङ्ग जीवन संस्थामा रहेका असहायहरूलाई खाद्यान्न वितरण गरी जन्म जयन्ती मनाएको छ।
नेपाली कांग्रेस नगरकार्य समिति गैडाकोटका सभापति बद्री सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमलाई नेता राजेश पौडेल ले संयोजन गरेका थिए । कार्यक्रममा संघीय क्षेत्रीय सभापति अमृत भट्टचन, महासमिति सदस्य गोकुल सापकोटा, जिल्ला सदस्य हरिप्रसाद सापकोटा, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य रमेश कोइराला, नेपाली कांग्रेस संघीय सचिव अमृत श्रेष्ठ, गण्डकी प्रदेश सदस्य दुर्गा घिमिरे, लगायत तेजप्रसाद घिमिरे, मिन घले, खगराज सापकोटा, प्रेम कुमाल, रोशनभक्त अधिकारी, दोर्ण बन सन्यासी, लक्ष्मण कार्की, गोपीनाथ खरेल, विष्णु गौतम, बालकृष्ण सापकोटा लगायत नेपाली कांग्रेस नगरभित्र रहेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रमलाई नगर सचिव गोविन्द घिमिरेले सहजीकरण गरेका थिए।