
गैंडाकोट,असोज ५ । गैंडाकोट नगरपालिका वडा नम्बर १ मा रहेको धारापानी टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन र थप टोल समेत गठन गर्दै सम्पन्न भएको छ ।
वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी प्रमुख अतिथि रहेको कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि रेग्मीले टोल विकास संस्थाहरू नगरको विकासका लागि सारथीका रूपमा रहेकाले नगर र वडा विकासमा टोल संस्थाको भूमिका महत्वपूर्ण रहने बताउँदै आफू जनप्रतिनिधि भएपछि वडाका आम समस्याहरू प्रति गम्भीर भएर लागेको र आफ्नो कार्यकालभित्र वडामा गर्नुपर्ने विकासहरू सम्पन्न बनाएर छाड्ने बताए । कार्यक्रममा पूर्व वडा अध्यक्ष हरिप्रसाद सापकोटा, सीता सापकोटा लगायत जनप्रतिनिधि एवं वडाबासीको बाक्लो उपस्थिति रहेको थियो।
३५० भन्दा बढी घरधुरी रहेको धारापानी टोल विकास संस्थाको साधारण सभा उद्घाटन समारोहमा संस्थाको सचिव प्रतिवेदन संस्थाकी सह-सचिव दुर्गादेवी पौडेल, कोषाध्यक्ष प्रतिवेदन रमादेवी शर्मा, अध्यक्षको प्रतिवेदन कार्यवाहक अध्यक्ष रामकृष्ण कोइराला र लेखा समिति प्रतिवेदन लेखा समिति सदस्य पूर्णिमा गुरुङले प्रस्तुत गरेका थिए । धारापानी टोल विकास संस्थाको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा रामकृष्ण कोइराला अध्यक्ष पदमा चुनिएका छन् भने उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, र सदस्यहरूमा क्रमश: लक्ष्मण क्षेत्री, गुमबहादुर बि.क, रमा आचार्य, सन्तोष कुमाल, नेत्रलाल श्रेष्ठ, वीरेन्द्र थापा मिना थिङ, सुकमाया गुरुङ, चन्द्र परियार, डिल्लीप्रसाद सापकोटा, प्रेम बि.क र लेखा समिति संयोजकमा मुक्ति पाठक सदस्यहरूमा फोन प्रसाद आचार्य र बसन्ती रानाभाट रहेका छन् ।
धारापानी टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशनकै क्रममा घरधुरी सङ्ख्या र टोलको क्षेत्रफल ठूलो भएको कारण देखाउँदै सोही अवसरमा नवदुर्गा टोल विकास संस्थाको समेत गठन गरिएको छ। गठित संस्थाको अध्यक्षमा गजेन्द्र लम्सल त्यसैगरी संस्थाको उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष र सदस्यहरूमा क्रमश: बसन्त कुमार शर्मा, ऋषिराज दर्नाल, वीरबहादुर बि.क, पार्वती ढकाल, मनबहादुर मल्ल, चन्द्रबहादुर बि.क, रामकृष्ण श्रेष्ठ, इन्दिरा डिस्वा मगर, छलीमाया बि.क, प्रेम अधिकारी, देवबहादुर दर्लामी, देवीका खण्डलुक र लेखा समिति संयोजकमा पूर्णिमा गुरुङ र सदस्यहरुमा गीता सापकोटा र अरुण घिमिरे रहेका छन् । संस्थाको अधिवेशन तथा साधारण सभालाई कार्यसमिति सदस्य उमा अधिकारीले सञ्चालन गरेकी थिइन् ।