
काठमाडौँ, असोज १० : कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ।
विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस आज साँझ कोशी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
उनले २० यात्रुको उद्धार गरिएको पनि जानकारी दिए। उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।