गैंडाकोट, असोज २० । नगरको वडा नम्बर ७ मा रहेको श्रीहरिहर मन्दिर परमानन्द सन्यास आश्रममा सरसफाई तथा वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
हिन्दुहरूको महान पर्व विजयादशमीको अवसरमा घटस्थापनादेखि मन्दिरमा नवदुर्गा भवानीको पूजा अर्चना भइरहेको मन्दिर परिसरमा आउने भक्तजनहरूलाई सहज बनाउन, मन्दिर परिसरको सुन्दरता बढोस् र लागू पदार्थ दुर्वेशनीका घटनाहरू को दृष्टिकोणले पनि यस क्षेत्र संवेदनशील भएको हुनाले वरपर रहेका झाडीहरू सरसफाई मा ध्यान दिनुपर्ने कुरा बताउँदै, प्रहरी उपरीक्षक नरालले सरसफाई तथा वृक्षारोपण कार्यक्रमका लागि आएको बताउनुभयो। सरसफाई तथा वृक्षारोपण कार्यक्रम का प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले लागू पदार्थ तथा चोरीका घटनाहरूका कुराहरूमा अन्य ठाउँमा भन्दा बढी संवेदनशील भएको र यस वडामा इलाका प्रहरी कार्यालय गैडाकोट बाट यस्तो कार्यक्रम पहिलोपटक भएको बताउँदै प्रहरी उपरीक्षक कमलालजीलाई धन्यवाद दिनुभयो ।
इलाका प्रहरी कार्यालय गैडाकोट प्रमुख कमला नरालको कमाण्डमा आएका प्रहरीहरु र स्थानीय बासिन्दाहरूको सहयोगमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी जिसी, जनप्रतिनिधि तारा त्रिपाठी लगायतको उपस्थती रहेको थियो। (राजेन्द्र पौडेलको समाचार)