
गैंडाकोट, २६ असोज। गैंडाकोट १ मा रहेको मौलाकाली केवलकार लिमिटेडले विजया दशमी २०८१ असोज २६ गते शनिबार विजयादशमी टिकाको दिनमा समेत आफ्नो सेवा सुचारु राख्ने भएको छ ।
मौलाकालिका मन्दिर गैंडाकोटमा दर्शन गर्न आउने दर्शनार्थीको सहजताका लागि केबलकार सञ्चालन गर्न लागिएको मौलाकाली केवलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलले रेडियो संकेतलाई जानकारी दिँदै नियमित समयमा सञ्चालन हुने केवलकार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा प्रवाह बन्द रहने पौडेलले जानकारी दिए।