बालुवाडाँडा दुर्घटना क्षमता भन्दा धेरै यात्रु, २ जनाको मृत्यु, ३२ जना घाइते

कावासोती, कात्तिक ३ । क्षमता भन्दा धेरै यात्रु बोकेकोको बोलेरो जिप कावासोती-१ को बालुवाडाँडामा दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ भने ३२ जना घाईते भएका छ्न । मृत्यु हुनेमा बुलिङटार-२ का पवित्रा मर्साङ्गी र पवन मर्साङ्गी रहेका छ्न । उनिहरु दिदी भाइ हुन ।

प्रारम्भिक अनुसन्धानका आधारमा तिव्र गति र क्षमता भन्दा बढी यात्री बोकेका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । गाडीको यान्त्रिक परिक्षण पश्चात दुर्घटनाको थप कारण पत्ता लाग्ने उनले बताए

बुलिङ्गटार-२ को टाडी बाट कावासोति हिडेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको हो । सामन्यत्या ५/७ जना बोक्ने बोलेरो गाडीमा चालक र सह चालक सहित ३४ जना यात्रु थिए । ओरालो बाटोमा क्षमता भन्दा धेरै यात्रु भएका कारण जिप बाटो छेउमा रहेको सालको रुखमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।

जिपमा १७ जना १८ वर्ष भन्दा कम उमेरका बालबालिका समेत रहेका थिए । घाईते मध्ये १९ जनालाई उपचारका लागि भरतपुर रिफर गरिएको छ भने अन्यको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीबाट हामफालेर सुरक्षित भएका यात्रु अर्जुन नेपालीले मोड आएपछि अचानक गाडीको गति बढेको र आफू हामफालेर सुरक्षित भएको बताए । उनका अनुसार गाडीको भित्र बाहिर दायाँबायाँ सबै तिर यात्रु अडिन मिल्ने सम्म चढेका थिए । उनी आफै चालक तर्फको साईडको बाहिर भागमा झुण्डिएर आएको बताउछ्न । बुलिङटारको टाडी देखि छुटेको गाडी बुलिङटार प्रहरी चौकी, कोखे, पोखरी हुँदै आएको थियो । (नवलपुर टाइम्स)

सम्बन्धित खवर