
गैँडाकोट, कार्तिक १० । – चितवनको माडी नगरपालिका वडा नं. १ चैनपुर निवासी पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ ।गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफ.एम.को सह स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाको समाचार सम्पादकका रुपमा कार्यरत पत्रकार क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको हो ।
सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ । दिवंगत क्षेत्रीको आइतबार (आज) विहान १० वजे देवघाटमा अन्त्येष्ठी गरिने परिवारले जनाएको छ ।