देवकोटाको ११६औँ जन्मजयन्ती विशेष कार्यक्रम

रत्ननगर, ३० कात्तिक। रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती विशेष कार्यक्रम गरेको छ ।

रत्ननगर नगरपालिकाको सभाहलमा शुक्रबार गरिएको कार्यक्रममा देवकोटा चर्चासँगै रचनावाचन पनि गरिएको छ । कार्यक्रममा प्राध्यापक कपिल अज्ञातले `देवकोटाका कवितामा जीवन दर्शन´ शीर्षकमा बोल्नुभएको थियो भने डाक्टर धनेश्वर भट्टराईले `देवकोटाका रचनामा युगीन बिम्ब, बिद्रोह र क्रान्ति चेतना´ शीर्षकमा बोल्नुभएको थियो । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, रन्तनगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा गरिएको कार्यक्रममा कवि राजेन्द्र घायल, गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास, कवि अशोक भुसाललगायतले रचनावाचन गर्नुभएको थियो । कार्यक्रमलाई सदस्य सचिव विश्वनाथ खनालले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको