एडीबीको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि बागमती प्रदेशको सहमति

मकवानपुर, ६ मङ्सिर । बागमती प्रदेश सरकारको बैठकले एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

 

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बिहीबारकाे प्रदेश मन्त्रीपरिषद्काे बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेकाे छ । उक्त नियमावलीमा आवश्यक छलफलका लागि मन्त्रस्तरीय समितिमा पठाउने निर्णय समेत भएकाे उनले जनाकरी दिए ।

 

यसैगरी मन्त्रिपरिषद् बैठकले एक जना सचिवको पदस्थापन र २ जना सचिवको सरुवा गरेको छ । सङ्घीय सरकारबाट सरुवा भई आएका सचिव वेदप्रसाद भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाको बैठक तथा प्रशासन महाशाखाको जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।

 

यसैगरी बैठकले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव रुद्र लामिछानेलाई गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ । उक्त मन्त्रालय हालै मात्र गठन भएकाे हाे । यस्तै नीति तथा योजना आयोगमा कार्यरत केशवराज सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे शासकीय सुधार तथा समन्वय महाशाखाकाे समेत थप जिम्मेवारी तोक्ने बैठकले निर्णय छ ।

 

प्रदेशमा सचिवकाे पद रिक्त हुँदा मन्त्रालयहरूको कार्य सम्पादन समेत प्रभावित भइरहेकाे छ । प्रदेश मन्त्रालयका सचिव संघीय सरकारले ताेकिपठाउने कानूनी व्यवस्था छ ।  बिहीबारको बैठकबाट थप जिम्मेवारी दिँदा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कानून सचिवका साथै संस्कृति तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमा सचिव पद रिक्त रहेकाे छ भने संस्कृति तथा पर्यटन मन्त्रालयमा ९ तहकाे कर्मचारीलाई निमित्त सचिवकाे जिम्मेवारी दिइएकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको