बुधबार चर्चित कलाकार शिव परियार गण्डकी महोत्सव आउने

गैँडाकोट, मङ्सिर ११- नवलपुरको गैँडाकोटमा जारी दोस्रो गण्डकी प्रदेश महोत्सवमा बुधबार चर्चित कलाकार शिव परियार आउने भएका छन् । उद्योग बाणिज्यसंघ गण्डकी प्रदेशको आयोजनामा जारी महोत्सवमा भोलि शिव परियारले आफ्ना गीतहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

 

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग बाणिज्यसंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले अपरान्ह ४ वजेपछि शिव परियारको प्रस्तुती रहने बताउनुभयो ।त्यस्तै बिहिवार अभिनेता पल शाह र शुक्रबार एलिना चौहान आउने कार्यक्रम तय गरिएको छ ।

 

मङ्सिर १६ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनको भनाइ छ । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ ।

 

एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको