शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले आफ्नो २५ औँ

गैंडाकोट, मङ्सिर १५ । नगरपालिकाको वडा नम्बर ७ मा रहेको शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले आफ्नो २५ औँ साधारण सभा सहयात्री साकोस सभा हल गैंडाकोटमा सम्पन्न गरेको छ।

 

शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ७ का वडाध्यक्ष होमनाथ सापकोटा रहेका थिए। सापकोटाले आफ्नो मन्तव्यमा वडा नम्बर ७ दुग्ध जन्य उत्पादनका लागि उर्वर भुमि भएको बताउँदै यहाँका कृषक हरु उर्जासिल रहेको र दुग्धजन्य उत्पादनबाटै कृषकले आफुलाई अब्बल बनाएका प्रशस्त उदाहरणहरू आफ्नो वडामा रहेको बताए ।

 

‘हाल स्थानीय सरकार छ तर सरकारले उत्पादनमुलक क्षेत्रलाई लगानी गर्न भनेको भएपनि हालसम्म दुग्ध उत्पादक संहकारीलाई स्थानीय सरकारका प्रतिनिधिहरु बाट कुनै प्रोत्साहनका कार्यक्रमहरू नल्याइनु दुखद विषय भएको कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित भएका गैंडाकोट दुग्ध उत्पादन तथा कृषि सहकारी संस्थाका अध्यक्ष खगराज सापकोटाले बताउँदै उनले वडा सरकारले दुग्ध उत्पादक कृषकहरूलाई केही हदसम्म भए पनि आर्थिक अनुदान वितरण जरुरी रहेको बताए ।

 

 

सभामा २०८०/८१ को खर्च विवरण र ०८१/८२ को लक्षित बजेट सहितको कोष विवरण संस्थाका कोषाध्यक्ष नरेश्वर कँडेलले प्रस्तुत गरेका थिए। सचिव कवीर गौतमले सचिव प्रतिवेदन पेश गरेको उक्त सभामा उपस्थित सम्पूर्णलाई उपाध्यक्ष मोतिलाल ढुङ्गानाले स्वागत गरेका थिए। उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गुरुप्रसाद सापकोटा पूर्व अध्यक्षहरू नारायण पौडेल, चोलानाथ उपाध्याय सहित समाजसेवीहरू भीमप्रसाद सापकोटा, नेत्रराज सापकोटा, देवी शाही, जमुना कँडेल, मोतिराम अधिकारी लगायत अतिथि रहेका थिए। कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट कर्मचारी र कर्मचारी विदाई समेत सोही अवसरमा गरिएको थियो। कार्यक्रमलाई संस्थाका सचिव कवीर गौतमले सञ्चालन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको