अपाङ्गता दिवसमा न्यानो कपडा वितरण गर्दै शान्ति समाज नवलपुर

गैंडाकोट, मङ्सिर १८ । मानव अधिकार तथा शान्ति समाज नवलपुरले गैंडाकोटमा रहेको श्री नेपाल राष्ट्रीय शमशेर आदर्श माविमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्दै ३३ औँ अन्तर्राष्ट्रिय दिवस मनाएको छ।

जिल्लामा एकमात्र अपाङ्गता भएका बालबालिकाहरूलाई अध्ययन गराउने श्री नेपाल राष्ट्रीय शमशेर आदर्श माविमा अध्ययनरत १६ जना फरक क्षमता भएका बिद्यार्थिहरुकालाई स्विटर, ट्र्याक सुट लगायतका न्यानो कपडाहरू हस्तान्तरण गरिएको हो । उक्त अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सचिव तथा समाजका पूर्व जिल्ला अध्यक्ष श्यामसुन्दर पराजुलीले शारिरिक रुपमा असक्त भएका व्यक्तिहरूसँग पनि अद्भुत क्षमता रहने गरेको भन्दै उनीहरूको फरक क्षमता सीप कलालाई पहिचान गरी रोजगारीका अवसरहरू दिन सकिने बताउँदै उनीहरूको संरक्षणमा सरकार चनाखो बन्नुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले नवलपुरमै अपाङ्गता भएका विद्यार्थीहरूलाई अध्ययन गराउने एकमात्र विद्यालयमा अध्ययनरत आफ्ना विद्यार्थीहरूलाई मानव अधिकार तथा शान्ति समाज नवलपुरले न्यानो कपडा वितरण गरेकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा विद्यालयका शिक्षक कृष्णराज भट्टराई, बिमल पराजुली, बिमला कण्डेल बास्ताकोटी लगायत झलकराज पौडेल, दयाप्रसाद रेग्मी, शशीधर न्यौपाने, मञ्जु पौडेल पण्डितको उपस्थिति रहेको थियो। मानव अधिकार तथा शान्ति समाज नवलपुरका सभापति कमल शर्माको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रमलाई समाजका जिल्ला सदस्य सुजन अधिकारीले सञ्चालन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको