गैँडाकोट, मङ्सिर २४ । नवलपुरको गैँडाकोटमा सोमबार सामुदायिक कुकुरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको छ । गैँडाकोट नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको संयुक्त आयोजनामा कुकरहरुको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको हो ।
गैँडाकोट नगरपालिका वडा नं. मिलनचोकमा चलाइएको शिविरमा गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,६,७ र ८ नम्बर वडाका विभिन्न स्थानबाट ल्याएका ७७ वटा कुकरहरुको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका सूचना अधिकारी सन्दीप लामिछानेले बताउनुभयो ।
केन्द्र र नगरपालिकाकोे बार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक कुकुरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप कार्यक्रम सम्पन्न गरिएको हो । नवलपुरमा एक महिनाको अवधिमा मात्रै ७०० बढी कुकुरलाई रेविज विरुद्धको खोप लगाइनुका साथै बन्ध्याकरण गरिसकिएको छ ।