पोखरा, पुष ०६ । पोखरा इलेक्ट्रिक एसोसिएसन पोखरा कास्कीको २५ औँ वार्षिक साधारण सभा एवं १३ औँ अधिवेशन केशव ढकालको अध्यक्षतामा ११ सदस्यिय नयाँ नेतृत्व चयनसँगै शनिबार पोखरामा सम्पन्न भएको छ।
नेपाल विद्युतीय महासङ्घका केन्द्रीय अध्यक्ष रेशम प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको साधारण सभा तथा अधिवेशन उद्घाटन सभामा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि देवकोटाले मुलुकभित्र स्वदेशी उद्योग क्षेत्रकोे प्रवर्धनमा सरकारले जोड दिंँदै विद्युतीय लगायतका अत्यावश्यक सामग्रीहरूको भन्सार दर रेटमा छुटको व्यवस्था गर्नुपर्ने, स्वदेशी उद्योगहरुको विकास, विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने जिकिर गरे ।
कार्यक्रमका अर्का विशेष अतिथि उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष गोकर्ण कार्कीले नेपाल सरकारको कर असुल प्रक्रिया सरल एवं व्यवहारिक हुनुपर्ने बताउँदै आफ्नो जिल्लाभित्र रहेका सम्पूर्ण वाणिज्य संघका सदस्य एवं वस्तुगत संघ हरू व्यवसाय प्रवर्धनका लागि एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
कार्यक्रममा विद्युतीय महासङ्घका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी विशेष अतिथि लगायत राजेश गौतम, पुरुषोत्तम अधिकारी, लोकनाथ पोखरेल, दिवेश जैन, नवराज सुवेदी, सुजन अधिकारी, ओमप्रसाद चालिसे, काशि नाथ सापकोटा, प्रमानन्द सापकोटा लगायत अतिथि रहेका थिए।
पोखरा विद्युत एसोसिएसनका अध्यक्ष गिरिराज बरालको अध्यक्षतामा सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भए लगत्तै १३ औँ अधिवेशनले केशव ढकालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति समेतको गठन भएको छ। प्रथम उपाध्यक्ष नीलबहादुर भुजेल, द्वितीय उपाध्यक्ष कृष्णमणि भण्डारी, तृतीय उपाध्यक्ष सरस्वती गिरी, महासचिव मिलन तमाङ, सचिव विजय क्षेत्री, कोषाध्यक्ष प्रदीप पौडेल, सहकोषाध्यक्ष सुशीला अधिकारी लगायत सदस्य अमृत पोखरेल, नरेन्द्र कुमार कार्की, थापा रहेका छन् । कार्यक्रम पोखरा इलेक्ट्रिक एसोसिएसनका सचिव कृष्णमणि भण्डारीले सहजीकरण गरेका थिए।