गैंडाकोट, पुष १२ । गैंडाकोट १ जौजुवामा रहेको श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सवका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अधिकारीले १२१ औँ पटक रक्तदान गरेका गैंडाकोटकै खुमनाथ पौडेललाई ब्लड ब्याग प्रदान गरेसँगै उक्त कार्यक्रम सुरुवात भएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले रक्तदान जीवनदान सरह रहेकाले मानव स्वस्थ्यमा यस्ता कार्यक्रमले सकरात्मक प्रभाब पार्ने बताउँदै नेपाल राष्ट्रिय शमशेर आदर्श मावि ले गुणस्तरीय तथा सीपमूलक शिक्षाका साथ–साथै समाजसेवा जस्ता पवित्र कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेकोमा मुक्तकण्ठले प्रशंसा गरे ।
२१ पुरुष सहित कुल २९ जनाले रक्तदान गरेको कार्यक्रम लाई गैंडाकोट रेडक्रस आदर्श उपशाखाले संयोजन गरेको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष कविराज आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराईले सहजीकरण गरेका थिए।