लागू पदार्थ तथा मादक पदार्थ विरुद्ध सचेतना कार्यक्रम गैंडाकोटमा  सम्पन्न

गैंडाकोट, पुष १२ । गैंडाकोट नगरपालिका वडा नम्बर ७ को आयोजना तथा परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रको संयोजनमा गरिएको लागू पदार्थ तथा मादक पदार्थ विरुद्ध चेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

 

 

कार्यक्रमका प्रमुख अतिथि  इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक कमला नराल रहनुभएको थियो। उहाँले  बालबालिका नै अभिभावकहरूका लागि सबैभन्दा ठूलो सम्पत्ति भएको हुनाले यिनीहरूको दैनिक क्रियाकलापमा चासो दिनुपर्ने बताउनुभयो। नरालले दुर्वेसनी बढ्नु को मुख्य कारणमध्ये एक कारण घरमा  अभिभावकहरूले लागू पदार्थ सेवन गर्नु ,बालबालिकालाई किन्न पठाउनु रहेको बताउनुभयो। दुर्वेशन न्यूनीकरणका लागि सकेसम्मआफूले पनि सेवन नगर्ने ,नगरी नहुने भए बालबालिका लाई प्रत्यक्ष  कुनै पनि असर  नपार्न सचेत गराउनुभयो।अधिकांश आपराधिक घटनाहरू लागू पदार्थसँगै जोडिएको हुनाले यसबाट टाढा रहन जोड दिनुभयो।अधिकांश अभिभावक उपस्थित रहेको कार्यक्रममा  बालबालिकाहरूलाई  दिएको खाजा खर्च के मा प्रयोग गरिराखेको छ भन्ने कुरा पनि सरोकार राख्नुपर्छ भन्दै  अभिभावकहरूलाई सम्झाउनुभयो।

 

 

नारायणी माध्यमिक विद्यालयका सहप्रधानाध्यापक जगन्नाथ उपाध्यायले धेरै बालबालिकाहरू साथीहरूको लहिलहीमा लागेर पनि  दुर्वेशनीमा फसेका हुनाले उनीहरूको संगत कोसँग छ भनेर सरोकार राख्न अनुरोध गर्नुभयो। परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रका संस्थापक नारायण सापकोटाले दुर्वेशनी अपराध नभएर रोग हो त्यसैले उपचार गर्नुपर्छ। दुर्वेशन गर्ने व्यक्तिलाई घृणा होइन मायाबाट दुर्वेशनी मुक्त गराउन सकिन्छ भन्दै दुर्वेसनीमा फसेका जो कसैलाई पनि माया गर्नुपर्ने बताउनुभयो। लामो समयसम्म दुर्वेसनीमा फसेका  जानकी श्रेष्ठ, समीप कार्कीले आफूले भोग्नुपरेका समस्या र आफूहरूलाई आपराधिक क्रियाकलापमा पनि पुग्न बाध्य बनाएको तितो यथार्थ सबै माझ साटेका थिए।  युएल थापाले दुर्वेशन प्रयोग गरेर आफ्ना बाबुआमाप्रति र समाजप्रति अन्याय गरेको भन्दै सांगीतिक माध्यमबाट माफी मागेका थिए।।कार्यक्रमका सभापति एवं गैडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले अब वडामा भौतिक विकासभन्दा पनि चेतना र बालबालिकाका लागि विकास गर्नुपर्ने बताउनुभयो।

सहयात्री नेपालको सभाहलमा सम्पन्न कार्यक्रम को सहजीकरण  विजय चालिसेले गर्नुभएको थियो।

(राजेन्द्र पौडेलको समाचार)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको