लायन्स क्लबहरूले बाँडे विद्यार्थीलाई न्यानो माया

चितवन, माडी पुस २४। लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६औं जन्मदिनको अवसरमा चितवनमा रहेका विभिन्न लायन्स क्लब हरूले संयुक्त रुपमा श्री शिशु कल्याण आधारभूत विद्यालय माडी ६ मा अध्ययनरत १३१ जना विद्यार्थीहरुलाई मङ्गलबार न्यानो कपडा वितरण गरेका छन्।

लायन्स क्लब अफ नारायणगढ चौतारी, चितवन गोल्डेन, चितवन माउन्थ एभरेष्ट, चितवन एवरग्रीन, चितवन वाङमय, चितवन सिटी मर्सी, चितवन राइज, भरतपुर मिडटाउन, ब्लु स्काई, चितवन महालक्ष्मी, चितवन चन्द्र सूर्य, चितवन सूर्योदय र माडी इकोले संयुक्त रूपमा उक्त कार्यक्रम गरेका हुन्। लायन्स क्लब्स्   इन्टरनेसनल डिस्ट्रिक ३२५ आर नेपाल का डिस्ट्रिक गभर्नर पि एम जेफ लायन दिननाथ न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त  कार्यक्रममा न्यौपानेले आफ्नो मन्तव्य राख्दै लायन्स क्लबले गरेको यस कार्यक्रमले थोरै भए पनि चिसोबाट बच्नका लागि ठूलो मद्दत गरेको बताउँदै सम्पूर्ण क्लबहरूलाई धन्यवाद दिँदै आगामी कार्यक्रमको सफलताको शुभकामना दिए। सोही कार्यक्रमका अवसरमा क्यान्सर अस्पतालका डाक्टर सुधीर अधिकारीले बालबालिकामा हुनसक्ने क्यान्सर सम्बन्धी जनचेतनात्मक प्रस्तुति राखेका थिए । एम.जे.एफ. लायन रामजी पौडेलले आत्मीक शान्ति सम्बन्धमा र ईलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले लागु औषध दुर्व्यसनी नियन्त्रण र बाल अधिकारबारेमा प्रशिक्षण समेत दिएका थिए।

लायन्स क्लब भरतपुर मिड टाउनका अध्यक्ष एम.जे.एफ. लायन आनन्द घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा द्वितीय भाइस डिष्टिक  गभर्नर एम जे एफ  लायन प्रभाखर पण्डित, मल्टिपल काउन्सिल चियर पर्सन पीमजेएफ लायन राज कुमार श्रेष्ठ, डिस्ट्रिक्ट पूर्व चिफ लायन दिपेन्द्र खतिवडा लायन पूर्ण शर्मा, एमजेफ लायन मेघ नाथ बराल, लगायत डिष्टिक पि आर ओ इन चिफ  लायन पुरण थापा मगर, डिष्टिक चिफ लायन मधुर नेपाल क्लस्टर नं ५ का कलस्टर चिफ  लायन गोविन्द अर्याल लगायत लायन लिडर हरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सम्पूर्णलाई जोन २८ का जोन चेयरपर्सन एम.जे.एफ. लायन ई. उमेश ढकालले स्वागत र  लायन्स क्लब अफ माडी इको का अध्यक्ष  लायन सुवास तिवारीले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमलाई रिजन १४का रिजन चियर पर्सन  लायन हरिप्रिया रिजालले सहजीकरण गरेकी थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको