गैडाकोट, पुस २७ । भूमिका गैरे तिमिल्सिनाद्वारा लिखित निबुवा लघुकथासंग्रह विमोचन गरिएको छ । हाम्रो लघुकथा केन्द्र काठमाडौँले प्रकाशन गरेको कृतिको वरिष्ठ साहित्यकार गोविन्दराज बिनोदीले एक समारोहका बीच शनिबार विमोचन गरेका हुन ।
त्रिवेणी साहित्य परिषद् गैंडाकोट ५ को सभा कक्षमा गरिएको विमोचन समारोहमा प्रमुख अतिथि विनोदिले कृतिका बारेमा बोल्दै लघुकथाले सामाजिक विषयबस्तुलाई छर्लङ्ग प्रस्तुत गरेको बताए । कुल ५१ वटा लघुकथा संग्रहित संग्रह माथि समीक्षात्मक टिप्पणी गर्दै लेखक सृजन लम्सालले तिमल्सिनाका लघुकथामा पछिल्लो समाजका विविध घटनाहरु चित्रण भएको उल्लेख गरे । त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्र राज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष भीम शर्माले उपस्थितलाई स्वागत गरेका थिए। कार्यक्रममा चितवन तथा नवलपुरका लेखक, कलाकार, पत्रकार र साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम राधा कोइरालाले सञ्चालन गरेकी थिइन्।