रुपन्देही विद्युत व्यवसायी संघको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

बुटवल, माघ ०५ । नेपाल विद्युतीय महासंघका केन्द्रीय अध्यक्ष रेशम प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा रुपन्देही विद्युत व्यवसायी संघको १३ औँ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ।

 

नेपाल सरकारले स्वदेशमै उत्पादन भएका विद्युतीय सामाग्री प्रयोग नगरी विदेशी उत्पादन प्रयोग गरिरहेको आरोप सभाका प्रमुख अतिथि देवकोटाले लगाएका छन् । सरकार बेलाबेलामा स्वदेशी उत्पादनलाई प्रोत्साहनका कार्यक्रम ल्याएको बताउँदै आएपनि पनि व्यवहारमा लागू हुन नसकेको उनले प्रमुख अतिथिको मन्तव्यमा बताएका छन् ।

 

कार्यक्रमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल विद्युतीय महासंघका केन्द्रीय उपध्यक्ष प्रेम बहादुर जिसी, तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, कोषाध्यक्ष प्रकाश पाण्डे, केन्द्रीय सदस्य पुरुषोत्तम अधिकारी, राजेश गौतम, लोकनाथ पोख्रेल,केशव ढकाल, लगायत विभिन्न जिल्ला संघका अध्यक्षहरू विष्णु चालिसे, सूजन अधिकारी,मिलन सिवाकोटी लगायत अतिथिहरूको सहभागिता रहेको थियो।

 

आफ्नो तेह्रौँ वार्षिक साधारण सभाको अवसर पार्दै रूपन्देही विद्युततीय व्यवसायी संघले चितवनले आफ्नो जिल्लामा बनाउँदै गरेको जिल्ला संघको भवनलाई रु.१ लाख १११११ रुपैयाँको चेक सहयोग स्वरूप हस्तान्तरण गरेको थियो । सभामा रुपन्देही विद्युतीय व्यवसाय संघसँग आबद्ध विभिन्न नगर संघका सदस्य, उत्कृष्ट नगर संघ, उत्कृष्ट व्यवसाय, सदस्य परिवारबाट एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान एवं सहयोगी संस्थाहरू लाई सभाका अवसरमा प्रशंसापत्र समेत वितरण गरिएको थियो। संघका उपाध्यक्ष केशव कुमार सिंहको संयोजकत्वमा भएको कार्यक्रम व्यवसाय संघका अध्यक्ष सन्तराज खनालको सभापतित्वमा भएको सभालाई महासचिव विष्णु भण्डारीले सहजीकरण गरेका थिए।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको