
काठमाडौँ, माघ ०६ । भारतीय योग गुरु तथा पतञ्जलि योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो ।