नेवा देय दबू मध्यविन्दुमा ध्रुवकुमारको नेतृत्व

नवलपुर, माघ १०। नेवा समुदायको राष्ट्रिय संगठन नेवाः देय दबु मध्यविन्दु नगर कार्य समितिको नयाँ नेतृत्व चयन भएको छ ।

आज भएको दोस्रो नगर अधिवेशनले धु्रवकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, उपाध्यक्ष ज्योतिलाल श्रेष्ठ, उपाध्यक्ष विमला श्रेष्ठ, सचिवमा चिजकुमार श्रेष्ठ, महिला सचिव रिता श्रेष्ठ लगायतका १३ सदस्यीय समिति चयन भएको छ ।

नेवा देय दबू मध्यविन्दुका कार्यवाहक अध्यक्ष धुव्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको नेवा देय दबुका केन्द्रिय उपाध्यक्ष हरि कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले नेवा समुदायको कला संस्कृति, भाषा, भेषभुषा संरक्षणमा नेवा समुदाय एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेवा देय दबु कावासोतीको तेस्रो नगर अधिवेशन माघ १८ गते कावासोतीमा हुँदैछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको