आजको राशिफल मिति २०८१ माघ ११ गते शुक्रबार

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) छिमेकिहरु माझ राम्रो काम गरेर प्रशिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलतापूर्वक सम्पन्न हुनेछन् । दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । वित्तीय वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ ।

 

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । काम देखाएर लाभ उठाउने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । सबैखाले व्यापारबाट मनग्गे धन लाभ हुनेछ । साथीभाई तथा आफन्तको प्रायोजनमा यात्रा गर्ने अवसर जुर्नेछ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकाले विदेशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरि आम्दानी गर्न सकिनेछ । र, पनि गैह्रन्यायिक काम नगर्नुहोला दण्ड वा जरिवान तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । खाद्यान्न, तरल पदार्थ, गरगहना तथा खनिज पदार्थको व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागी आफन्तबाट आवश्यक कामहरु हुनेछन् । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । खाद्यान्न, तरल पदार्थ, गरगहना तथा खनिज पदार्थको व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागी आफन्तबाट आवश्यक कामहरु हुनेछन् । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ ।

 

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पुराना समस्याहरु समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । प्रेम सम्बन्धहरुलाई विवाहमा परिणत गर्ने सहमति जुट्ने तथा घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ ।

 

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट पिषेश सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । पढाइकै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।

 

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू) नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेकोछ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । राशि स्वामी मंगलको शुभ प्रभावले भाग्य बृद्धि हुनेछ ।

 

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागी समयले साथ दिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी हुनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनेछ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) मन परेको मानिसबाट विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको