निवृत्त शिक्षक समाज नवलपुरले गर्यो शैक्षिक अन्तरक्रिया तथा शिक्षक सम्मान कार्यक्रम

सुजन अधिकारी

गैंडाकोट, माघ ११ । नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति नवलपुरले गुणस्तरीय शिक्षामा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया तथा नारायणदेव-पार्वती पङ्गेनी शैक्षिक सम्मान कार्यक्रम शुक्रबार गैंडाकोटमा सम्पन्न गरेको छ ।

जनक नमुना माविको सभाहलमा भएको कार्यक्रम समाजका जिल्ला अध्यक्ष भागवत प्रसाद गौतमको सभापतित्व एवं नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिका सल्लाहकार शिक्षा विज्ञ विभाग प्रमुख रमाकान्त सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सापकोटाले शिक्षक भनेका बौद्विक व्यक्तित्व भएका कारण उनीहरूले नै गुणस्तरीय शिक्षाको लागि ध्यान दिनु पर्ने बताउँदै शिक्षकले सरुवा बढुवामा मात्रै लोभीपापी मन गराउन नहुने बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शरदचन्द्र पण्डित, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्र राज श्रेष्ठ, जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्मा कण्डेल, नारायण देव-पार्वती पुरस्कार दाता हिमालदेव पंगेनी, जनक मावि विद्यालय व्यवस्थापन समिति सदस्य कमला पौडेल तिवारी लगायत अतिथिहरूले उक्त कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि योजनाबद्व रूपमा सरकारले कार्यक्रम अगडी बढाइ रहेकको भएपनि प्रभावकारी रूपमा कार्यक्रमहरू अघि बढ्न नसकेको जिकिर गरे ।

नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति नवलपुरले आफ्नो मातहतमा ल्याएको नारायण देव-पार्वती शैक्षिक पुरस्कारबाट यो वर्ष जिल्ला मा रहेका उत्कृष्ट सामुदायिक विद्यालयका व्यवस्थापक र प्रधानाध्यापक र गुणस्तरीय शिक्षा प्रदान गर्दै अवकाश लिएका शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो। यसरी सम्मान हुनेमा जनक नमुना मावि गैंडाकोट ५, भानुदय मावि विनय त्रिवेणी १ र अवकाश प्राप्त शिक्षकहरू शरदचन्द्र पण्डित, त्रिवेणी प्रसाद शर्मालाई सोही अवसरमा सम्मान गरिएको थियो। उक्त पुरस्कार समाजका पूर्व अध्यक्ष नारायणदेव पंगेनी को जन्मदिन तथा वैवाहिक वर्षगाठका अवसरमा पार्दै २५,००० रुपैयाँ कोष सहित पुरस्कार उनका छोराहरू हिमालदेव पंगेनी र दिक्पाल देव पंगेनीले स्थापना गरेका हुन् । कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति नवलपुरका सचिव खेमलाल कंडेलले सञ्चालन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको