
गैंडाकोट,माघ १९ । कावासोती नगरपालिका वडा नं. १ का अध्यक्ष तवारक अहमद मियाको निधन भएको छ ।
राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मिया गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल, नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै कुर्चीमा लडेका थिए ।
घटना लगत्तै उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको उपचारको क्रममा दिउसो २: ४२ वजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा हुनुहुन्छ । युवाहरुमाझ लोकप्रीय मियाको निधनले युवासंघलाई अपुरणीय क्षती पुगेको छ । मियाको निधन भएपछि राष्ट्रिय युवासंघको जिल्ला अधिवेशन स्थगित गरिएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुरले जनाएको छ ।