
चितवन,माघ २० । भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल माघ २१ गते भोलिबाट आफ्नै नयाँ भवनमा सर्ने भएको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि आफ्नै भवनमा सर्न लागेको हो ।
अस्पतालले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गरी नयाँ भवनबाट सेवा शुभारम्भ गरेको अवसरमा ओपिडि निःशुल्क र अस्पताल सेवामा ५० प्रतिशत छुट दिने जानकारी दिएको छ ।
अस्पतालका अध्यक्ष डा।माणिकलाल मानन्धरका अनुसार माघ २१ गतेदेखि ३० गतेसम्म सम्पूर्ण ओपिडि ९बहिरंग० सेवाको टिकट निःशुल्क हुनेछ । यसै अवधिमा अस्पतालका सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा सात प्रतिशत छुट दिएको उनले जानकारी दिए ।
बि।सं। २०६३ सालमा अस्पतालरोडमा स्थापना भएको मौलाकालिका अस्पताल ०६७ सालदेखि चौबीसकोठीबाट एयरपोर्ट चोक जाने राजमार्ग नजिक सञ्चालनमा रहेको थियो । अस्पतालले भरतपुर ११, वाईपास रोडस्थित मालपोतचोक नजिक ९भ्याट कार्यालयबाट उत्तर–पूर्व० मा १० कठ्ठा जमिन खरिद गरी सात तले सुविधासम्पन्न आधुनिक भवन निर्माण गरेको हो । अध्यक्ष डा। मानन्धरले भने, “हामीले सरकारले अस्पतालका लागि तोकेका मापदण्ड अनुसारको आधुनिक भवन निर्माण गरेका छौं ।”
‘हाल ५० शैयामा सञ्चालनमा रहेको मौलाकालिका अस्पताल नयाँ भवनमा सरेसँगै १०० शैयामा स्तरोन्नति हुनेछ । त्यसैका लागि सरकारी मापदण्डअनुसार आधुनिक प्रविधि जडान गरिएको भवन निर्माण गरेका हौँ’, अध्यक्ष मानन्धरले भने, ‘नयाँ भवनमा पर्याप्त पार्किङ र उच्चस्तरीय उपचारको सुविधा रहेको छ ।’
सरकारको स्वास्थ्य बिमा कार्यक्रममा जोडिनका लागि पनि अस्पतालले शैया थप गरेको र त्यसका लागि आफुहरुले पहल गरिरहेको उनले बताए ।
अस्पतालले जलन (बर्नवार्ड), प्लास्टिक सर्जरी, अंको सर्जरी (स्तन क्यान्सर), युरोलोजी, कार्डियोलोजी, स्पाईनल सर्जरी, न्यूरो सर्जरी, बाल मनोचिकित्सक सेवा सञ्चालन गर्दै आएको छ ।
यसैगरी इन्टरभेन्सन पेन स्पेशलिष्ट (दुखाई विशेषज्ञ), स्त्री–प्रसुती तथा प्रजनन् रोग, एनेस्थेसिया, जनरल सर्जरी, रेडियोलोजी, जनरल मेडिसिन, हार्डजोर्नी तथा नसा रोग, नवजात शिशु तथा बालरोग, मनोरोग, दन्तरोग, यौन तथा छाला रोग सेवा दिंदै आएको छ । यस्तै फिजियोथेरापी, प्याथोलोजी (माईक्रोबायोलोजी–हेमाटोलोजी) सेवा पनि दिंदै आएको छ ।
२४ घण्टा इमर्जेन्सी र एम्बुलेन्स सेवा रहेको अस्पतालमा सामाजिक सुरक्षा कोषबाट उपचार गर्ने व्यवस्था रहेको अस्पतालका अध्यक्ष डा। मानन्धरले बताए । अस्पतालमा दुरविन प्रविधिबाट मुत्रासय पत्थरी र पित्तथैलीको चिरफार विना शल्यक्रिया हुने उनले जानकारी दिए ।
आठ शैयाको एनआईसियू, पाँच शैयाको पिआईसियू, १० शैयाको एचडियु र सात शैयाको आईसियु सेवा रहेको अस्पतालमा तीन वटा मोडुलर ओटी (आधुनिक शल्यक्रियाकक्ष) रहेका छन् ।
अस्पतालमा प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, क्लोनोस्कोपी, ईको (फिटल) , ईसिजी, ईईजी लगायतका सेवा समेत उपलब्ध रहेका छन् । आफ्नै फार्मेसी रहेको अस्पतालमा चौबिसै घण्टा चिकित्सक उपलब्ध हुने गरेको अध्यक्ष डा।मानन्धरको भनाई छ ।