आजको राशिफल मिति २०८१ माघ २७ गते आइतबार

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) लामो दुरीको रमाइलो व्यवसायिक यात्रा हुने भएपनि खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मियताको कमि हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ । बिहानको समय राम्रो प्रविधिको प्रयोग गरेर अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ऋण, रोग तथा सत्रुबाट छुटकारा पाइनेछ । कुटुम्ब तथा मावली पक्षको सहयोग पाइनेछ ।

 

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) समय तथा परिस्थितिअनुसार चल्न नसक्दा अलिक दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौति आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिंदा राम्रो हुनेछ। धार्मिक सामानको व्यापारमा वृद्धि हुनेछ भने धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघटला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै समय खर्चिनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला, स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउनेछ । एकल तथा साझेदार व्यापार फस्टाएर जानेछ । व्यापारकै शिलशिलामा रमाइलो यात्रा तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । खानपान, भेटघाट, तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । अध्ययन वा कामको शिलशिलामा यात्रा हुने ग्रहयोग रहेकोछ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना छ । पुराना मित्रहरुसँग भेटी समय व्यतित गर्न पाउदा मन प्रशन्न हुनेछ ।

 

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पों) पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । असजिलो परिस्थितिलाई बुद्धिमता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ ।

 

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढेर नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको हयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

 

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यु) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले काम वा अध्ययनमा बाधा हुनेछ । र, पनि काम वा अध्ययनको शिलशिलामा लामो दुरीको यात्राको तय हुनेछ ।

 

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ ।

 

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले विशेष ध्यान दिनुहोला ।

 

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा) व्यवसाय कै सन्दर्भमा लामो दुरीको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यववसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वस्फुर्त रुपमा अगाडि बढ्नेछ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानून संवत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानशिक तनाव बढ्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको