उत्तरकी अप्सरा ल्याएका लेखक अर्यालले अब शिलायात्रा ल्याउँदै

भरतपुर, २७ माघ । लेखक कमल अर्यालको नयाँ पुस्तक `सिलायात्रा´ आउनेभएको छ । चितवनका ऐतिहासिक महत्त्वका क्षेत्रहरूको अनुसन्धानमूलक सामग्री सिलायात्रामा समावेश छन् । लेखक अर्यालका अनुसार यो पुस्तक तथ्य, इतिहास र भावनाको सिलाखोज हो ।

 

चितवनका विभिन्न ठाउँका ओझेलमा परेका ऐतिहासिक महत्त्वका विषयवस्तुलाई सिलाखोज गर्ने प्रयत्न गरेको लेखक अर्यालले बताउनुभयो । उहाँका अनुसार यो पुस्तक भुइँ मान्छेहरूको जीवनकथा पनि हो । लेखक अर्यालका अनुसार देवघाटधाममा जीवन बिताइरहेका एकजना पात्रको जीवनवृत्त पनि पुस्तकमा राखिएको छ ।

 

रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गर्न लागेको यो पुस्तक २०८१ सालमा बजारमा आउनेछ । लेखक अर्यालका यसअघि तीनवटा गजलसङ्ग्रह `तिमी आउनु अघि´, `तिमी आएपछि´ र `लौरो ´ तथा `उत्तरकी अप्सरा´ यात्रानिबन्धसङ्ग्रह प्रकाशित छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको