
गैंडाकोट, फागुन ३ । गैडाकोट ५ स्थित भवानी टोलविकास संस्थाले महिला भेला गराउँदै भवानी महिला समूहको नयाँ कार्यसमिति गठन गराएको छ।
टोल विकास अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा आज कौशिला वरूवालको नेतृत्वमा भवानी महिला समूह गठन भएको हो। समूहको उपाध्यक्ष हिना सापकोटा घिमिरे, सचिव रञ्जना ढुङ्गाना,कोषाध्यक्ष राधा आचार्य पौडेल र सदस्यहरू शान्ता थापा, शारदा भण्डारी,विष्णुमाया सापकोटा, मिना भट्टराई,सिता लामिछाने,जमुना भुसाल,गिता क्षेत्री सिता थापा सहितको भवानी महिला समूह गठन गरिएको हो।
समूह गठन कार्यक्रममा टोल विकास संस्थाका निवर्तमान अध्यक्ष पशुपति रिजाल, सल्लाहकार भूपेन्द्र वरूवाल, ईन्द वहादुर वरूवाल, टोलका पदाधिकारी उपस्थित भएको भेलामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष घिमिरेले महिला र टोलको हितको लागी सवै मिलेर अघि बढ्नुपर्ने र सामाजिक कार्यहरूको विषयमा महिला समुह सग हातेमालो गर्दै अघि पर्ने धारणा व्यक्त गरे। टोली विकास संस्थाकी उपाध्यक्ष रञ्जिता आचार्यले स्वागत गरेको कार्यक्रममा भवनानी महिला समुह की अध्यक्ष विद्या अधिकारीले हाल सम्मको संस्थाको प्रगति प्रतिवेदन पेश गरेको उक्त भेलालाई संस्था सचिव ठाकुर कुमारी पौडेलले सहजीकरण गरेकी थिइन् ।