क्षयरोग पहिचानका लागि निशुल्क एक्सरे शिविरमा ४०३ जनाको परीक्षण

गैँडाकोट,फागुन ०५ । क्षयरोग पहिचानका लागि पूर्वी नवलपरासीको गैँडाकोटमा सोमबार आयोजना गरिएको निःशुल्क एक्सरे शिविरमा ४०३ जनाको छातिको एक्सरे गरिएको छ ।

 

गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी नदी किनारमा आयोजना गरिएको शिविरमा २१६ जना महिला र १८८ जना पुरुषहरुको एक्सरे गरिएको र सो क्रममा ३ जना क्षयरोगीको पहिचान भएको क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले जानकारी दिनुभयो ।

प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजानमा भएको एक्सरेद्धारा छातिरोग सम्बन्धी निशुल्क खोजपड्ताल शिविरमा गैँडाकोट नगरपालिका वडा नं. १, २ र ४ का स्थानीयहरु सहभागि भएका थिए । शिविरमा सहभागि भएका ९ जना शंकास्पद विरामीहरुको स्याम्पल थप परिक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुर पठाइएको सापकोटाले बताउनुभयो ।

सोमबार पहिचान भएका ३ जना विरामीहरुलाई निशुल्क औषधी वितरण गरिएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले बताउनुभयो । उहाँका अनुसार उनिहरुले ६ महिनासम्म चिकित्सकको सल्लाह वमोजिम नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ ।

मंगलबार विहान गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी स्थित हरिहर मन्दिर परिसरमा एक्सरे शिविर राखिएको छ । क्षयरोगको पहिचानका लागि भएको शिविरको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक र गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको