गैंडाकोट, फागुन १० । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सत्ताइसौँ राष्ट्रिय परिषद् बैठकबाट केन्द्रीय समितिमा नियुक्ति भएका केन्द्रीय सदस्य भानुभक्त रिमाललाई जिल्ला कार्यसमिति नवलपुरले सम्मान गरेको छ।
२०८१ माघ १७ गते गैडाकोटमा सम्पन्न समाजको २७औं राष्ट्रिय परिषद् बैठकमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी थिइन् । केन्द्रीय कार्यसमितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल, उपसभापति अधिवक्ता लक्ष्मीनारायण मिश्र, उपसभापति (महिला) अधिवक्ता धन थापा, महासचिव प्रकाश शाही र कोषाध्यक्ष चन्द्रमणी बन्जारा निर्वाचित भएका थिए ।
यसैगरी सचिव कोशी प्रदेशमा सन्तोष रौनियार, सचिव मधेस प्रदेशमा प्रेमचन्द्र पटेल, सचिव बागमती प्रदेशमा दिवाकर पुडासैनी, सचिव गण्डकी प्रदेशमा तीर्थराज न्यौपाने, सचिव लुम्विनी प्रदेशमा धनपति (डिपी) खनाल, सचिव कर्णाली प्रदेशमा दिल्लीप्रसाद जैसी, सचिव सुदूरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती)मा डोरविक्रम श्रीस, सचिव (महिला)मा रेनुका देवकोटा, सचिव (दलित)मा तुलसीराम सुनार, सचिव (मधेसी)मा ज्योति बाल्मिकी निर्वाचित भएका थिए ।
गैंडाकोटमै सम्पन्न भएको केन्द्रीय परिषद् बैठकमा दश जना सदस्य हरू उमा गोतामे, सुशिला रिजाल, कौशल्या खनाल, निरमाया मिजार, अरुण ज्ञवाली, भानुभक्त रिमाल, निर्मला गौतम, सिताराम कोइराला, शम्भु राउत, लालहरी पाण्डे निर्विरोध निर्वाचित भएका थिए । सोही अवसरमा आफ्नो जिल्लाबाट निर्विरोध निर्वाचित भएका निवर्तमान अध्यक्ष भानुभक्त रिमाललाई मानव अधिकार तथा शान्ति समाज नवलपुर कार्यसमितिको तर्फबाट सम्मानित गरिएको हो। सम्मान कार्यक्रममा जिल्लाका पूर्व सभापतिहरू माधवप्रसाद गौतम, श्यामसुन्दर पराजुली लगायत गङ्गा थापा, जमुना शर्मा, शशीधर न्यौपाने, सुजन अधिकारी, मञ्जुदेवी पण्डित, शकुन्तला ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रम जिल्ला सभापति कमल शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।







