गैंडाकोट सहित सातैपालिकामा मगर दिवसको अवसरमा सार्वजनिक बिदा

गैंडाकोट, फागुन १३ । ४३ औं मगर एकता दिवसका अवसरमा गैंडाकोट सहित नवलपुरका ७ वटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्थानीय बिदाअन्तर्गत फागुन १५ बिहीबारका दिन ४ नगरपालिका र ४ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो । २०७८ को राष्ट्रिय जनगणना अनुसार नवलपुरमा सबै भन्दा धेरै जनसंख्या मगरको रहेको छ । यहाँ कुल जनसंख्याको २८.१ प्रतिशत जनसंख्या मगरहरुको रहेको छ ।

 

२०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आएको छ । उक्त दिन पालिकाअन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), तथा सम्पूर्ण सार्वजनिक सघसंस्था बन्द रहनेछन् ।

 

पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते हजारौं मगर समुदायको उपस्थितिमा दमौलीमा ‘नेपाल लांघाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ । २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।

 

मगर दिवसका अवसरमा मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् र्‍याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाच र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हु

न्छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको