गैँडाकोट, फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोटका नेता हरिकुमार आचार्यले पार्टी परित्याग गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बाघखोरचोक निवासी आचार्यले आफु रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् ।
रास्वपाको उदय भएसँगै सो पार्टिमा लागेर सकृय संगठन गरेका आर्चायले रास्वपाबाट समेत सोचेअनुसारको काम नभएपछि अलग हुने घोषणा गरेका हुन् । पुराना राजनैतिक दलहरुभन्दा रास्वपाबाट केहि नयाँ होला भनेर लागेको थिए, तर यसबाट पनि केहि पार लाग्ने देखिएन आचार्यले भने – “अव कुनैपनि दलको झण्डा बोकेर नहिड्ने निर्णय गरेको छु ।”
४३ वर्षीय युवा समाजसेवी आचार्य पेशाले कपडा व्यवसायी हुन् । उनले सामाजिक सञ्जाल मार्फत पार्टी परित्याग गर्ने घोषणा गरेसँगै रास्वपा भित्र नयाँ तरंग सृजना भएको छ ।







