आजको राशिफल मिति २०८१ फागुन २२ गते बिहीवार

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) विलाशीताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण तथा बढुवा हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । माया प्रेममा रमाउन चाहने प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेकोछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

 

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । र, पनि कृषि, पशुपालन तथा सवारी साधन खरिद विक्रिबाट मनग्गे आम्दानी हुने योग रहेकोछ । प्रणय सम्बन्धमा रमाउन चाहने जोडीहरुका लागि समय उत्तम रहेकोछ । मनोरञ्जन, खानपान तथा उपहार प्राप्तिको समय रहेकोछ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने टेक्निकल क्षेत्रसँग सम्बन्धित कामबाट फाइदा हुनेछ । विवादित विषयहरु तपाईं आफ्नै पक्षमा निर्णय हुनेछन् । तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरुको सहयोग तथा समर्थन पाइनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखिको एक्लोपनलाई आजको भेटले खुशीमा परिणत गर्नेछ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ । सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मीठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेकोछ भने एक अर्काको भावनालाई कदर गर्दै उपहार साटासाट गर्न सकिनेछ ।

 

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ । सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मीठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेकोछ भने एक अर्काको भावनालाई कदर गर्दै उपहार साटासाट गर्न सकिनेछ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईंकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । प्रेमिल जोडीहरुका लागि आजको दिन उत्तम रहेकोछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योगलाई नकार्न सकिदैन ।

 

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रनसक्छ ध्यान, दिनु होला । र, पनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यतित गर्न सकिनेछ ।

 

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) आयभावमा गोचर गर्ने चन्द्रमाले खाद्यान्न, खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । आफुले मन पराएको मानिसबाट प्रेम प्रस्ताव आउनेछ । प्रेमिल जोडीहरुले खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यतित गर्न सक्नेछन् ।

 

 

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । व्यापार व्यवसायबाट प्रसस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बुझ्ने, समय व्यतित गर्ने तथा उपहार साटासाट गरि समय व्यतित गर्नेछन् ।

 

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ भने अधिकांश समयसँगै रही समय व्यतित गर्न सकिनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । उपहार प्राप्तिको योग रहेकोछ भने घुमफिर तथा खानपानमा समय खर्च हुनेछ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आवश्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । माया प्रेममा रमाउन प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेकोछ । उपहार साटासाट तथा एक अर्काको भावनाको कदर गर्दै समय व्यतित गर्न सकिनेछ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोवल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । मन परेको मानिसबाट प्रेम प्रस्ताव आउनेछ । प्रेमिल जोडीहरुका लागि समयले साथ लिनेछ भने घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यतित गर्न सकिनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको