आजको राशिफल मिति २०८१ फागुन २४ गते शनिबार

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आत्मबल तथा सम्यम्मता गुमाउदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा बिलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

 

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) छोटो दुरीको अफिसियल यात्राको योग रहेकोछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेकोछ । शेयर बजार, निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको लगानीबाट उल्लेख्य नाफा कमाउन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । ऋण, रोग र सत्रुबाट छुटकारा पाइनेछ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । व्यापार, उद्योग तथा शेयर कारोबारबाट आम्दानी बढाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) काम बिग्रने हुँदा राजकीयय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) उद्योग, व्यापार, तथा वित्तीय बजारमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जनमानसमा लैजा सकिनेछ ।

 

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

 

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यापार, उद्याग तथा शेयरबजारको लगानी व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । र, पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।

 

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । शुभ तथा मांगलिक समारोहमा समहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) अध्ययन वा कामबाट विश्राम पाइनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरगई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । पारिवारिक यात्रा तथा खानपानमा केही समय खर्च हुनेछ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीमाइहरु टाडिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । र, पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको