
गैंडाकोट, चैत ३ । लमजुंग थातथलोभई गैडाकोटमा बसोबास गर्दै आएका लम्जुंगेहरुको लमजुंग गैडाकोट सम्पर्क समाजले प्रथम अधिवेशन गर्ने भएको हो ।
चैत्र ९ गते शनिबार गैंडाकोट ४ मा रहेको फ्यामिली क्याफेमा अधिवेशन गरिने जानकारी समाजका अध्यक्ष डा. लक्ष्मीप्रसाद सोतीले बताए । उनले उक्त दिन अधिवेशन मात्र नभई लमजुङ जिल्ला सँग जोडिएका लोकसंगीत तथा सांस्कृतिक प्रहसन समेत हुने जानकारी दिए। समाजले यस अगाडि जेष्ठ नागरिकहरुलाई सम्मान, लमजुंग जिल्लाको एतिहासिक खेल छेलो प्रतियोगिता, महिलाहरुको म्युजिकल चेयर प्रतियोगिता, समाजका सल्लाहकार लोक गायक अमर बिरही गुरुङको नयाँ गीति संग्रहको बिमोचन, तीज विशेष कार्यक्रम लगायतका सामाजिक क्रियाकलापहरू गरिसकेको जानकारी समाजका सहसचिव पुष्कल भट्टराईले रेडियो संकेतलाई जानकारी दिए ।