गैंडाकोटका व्यवसायीक फर्ममा गण्डकी प्रदेश र नगरपालिकाको अनुगमन

गैंडाकोट, चैत्र ११ । गैंडाकोट नगरपालिकासहित खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग दमौली सहित नगरपालिकाको टोलीले साना तथा ठूला व्यापारीहरू कर भ्याटमा आबद्ध भए नभएको खाद्य सामग्री स्वास्थ्य वा अस्वस्थकर भए नभएको सोमबार अनुगमन गरेका छन् ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभाग र गैंडाकोट नगरपालिकाले संयुक्त रूपमा सोमबारदेखि गैडाकोट वडा नम्बर १ र २ मा रहेका होटल किराना पसल र विभिन्न खाद्य सम्बन्धी उद्योगहरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा गैंडाकोटमा गैरकानुनी रूपमा आइसक्रिम फ्याक्ट्री, एसिडद्वारा तयार पारिएको चुक अमिलो, अखाद्य रङ प्रयोग गरी बनाइएको खाद्य सामग्री र म्याद गुज्रिएका उत्पादन मिति समेत नभएका विभिन्न कम्पनीका कोक फेन्टा स्प्राइट लगायतका पिए पदार्थ एवं मिठाईहरू बरामद गरी नष्ट समेत गरेको अधिकृत देवेन्द्र राज गौतमले बताएका छन्। अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उनले दिए ।

यसैगरी विभागले सोमबार नै ३५ व्यावसायिक फर्मलाई दर्ता नभईकन नचलाउन र विभिन्न त्रुटिहरू औंलाउदै कानुनी दायरामा आउँदै व्यवसाय गर्न आग्रह समेत गरेको छ।

अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ अव्यवस्थित रुपमा राखिएको, खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग नभएको पाइएको थियो । खाद्य अनुषन्धान अधिकृत ज्योती आचार्यले आगामी दिनमा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्न तथा खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग गर्न निर्देशन दिएको बताउँदै निर्देशन नमान्ने व्यवसायिक फर्महरूलाई अर्को अनुगमनमा कारबाहीको दायरामा ल्याउने बताएका छन्। अनुगमन कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय दमौलीका कर्मचारी, नगरपालिका अधिकृत स्तरका कर्मचारी, उद्योग वाणिज्य सङ्घ प्रतिनिधि, नगर प्रहरी र पत्रकार सहितको उपस्थिति रहेको थियो। अनुगमन कार्यक्रम निरन्तर रूपमा चलिरहने बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको