आज तपाईँको दिन के कसरी बित्नेछ, हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ चैत्र २७ गते बुधबार चैत्र शुक्ल द्वादशी

तदनुसार, ९ अप्रिल २०२५

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुटुम्ब,  आफन्त तथा नजिकका मानिससँग भेट हुनेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

 

बृष (इ,ऊ,ए,ओ,वा, वि,वु,वे,वो)ं नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय, मध्ययम रहेकोछ । र, पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईंको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रशन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । वंश बृद्धिको गतिलो योग रहेकोछ ।

 

सिंह (मा,मि,मू,मे,मो,टा,टि,टु,टे) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रसस्त सम्भावना रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुती दिन पाउन मन प्रशन्न हुनेछ ।

 

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरु धेरै भेटिनेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ध्यान दिनुहोला रुपैया पैसा लिएर फरार हुन सक्छन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने कामको चापले शरीरमा थकाइको महशुस हुनेछ । र, पनि धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने पढाइ लेखाइमा सुधार भएर जानेछ ।

 

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेकोछ । सामूहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडि बढाउन सकिनेछ । वैवाहिक समारोह वा पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।

 

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) वैवाहिक सभा समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विवादित विषयहरुबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुशीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) मन परेको मानिसबाट विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश वृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । र, पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रश्ताव आउनेछ भने सहयोगीहरुले साथ दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको