
गैँडाकोट, वैशाख ८ । नवलपरासीको गैँडाकोटबाट एक बालिका हराएकी छिन् । गैँडाकोट नगरपालिका वडा नं. १५ घर भएकी १४ बर्षिया बालिका अञ्जली पौडेल बेपत्ता भएको परिवारले जनाएको छ ।
घरकै हजुरआमासँग चितवनको गितानगर स्थित उजेलीनगरबाट नारायणगढको शहिदचोकसम्म सँगै आएकी पौडेल शौचालय जाने भन्दै निस्किएको र हालसम्म पनि परिवारको सम्पर्कमा नआएको अञ्जलीका ठुलोबुवा राजेन्द्र पौडेलले बताउदै सोमबार बिहान भने अन्जलीले प्रयोग गर्ने फेसबुक खोली हेर्दा म सुर्खेत जाँदैछु भन्ने सम्मको एसएमएस देखिएको पौडेलले बताउनुभएको छ।
अञ्जलीले युनिक बोडिङ स्कुलमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिइन् । यो खबर तयारपार्दासम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । आफन्तहरुले खोजीकार्य जारिराखेका छन् । बालिका अञ्जलीले प्रयोग गर्ने गरेको मोबाइल समेत अहिले अफ भएको छ ।
अञ्जलीलाई देख्नहुने जो कोहिले केदार पौडेल ९८५७०४१२८७ रमेश पौडेल ९८०४२६३५५७ वा नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिनुहुन अनुरो
ध छ ।