प्राचार्य मैनाली मृत अवस्थामा फेला परे 

चितवन, वैशाख ११ । भरतपुरको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा फेला परेका छन् ।

 

भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । मैनाली ३ दिनदेखि सम्पर्कबाहिर रहेका थिए ।

भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए । त्यसअघि मैनाली अंकुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।

मैनालीका श्रीमती र २ छोरीहरु रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको